बजेट वक्तव्य २०७७/७८ continued .... part 3


ð  शिक्षा क्षेत्रलाई एक खर्ब ७२ करोड, १८०० विद्यालय भवन बन्ने
ð  सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमलाई पनि दिइने
ð  ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञानपार्क
ð  २ हजार २ सय झोलुंगे पुल निर्माणका लागि ५ अर्ब विनियोजन
ð  मध्यपहाडी लोकमार्गको लागी ८ अर्ब २७ करोड बजेट
ð  नागरिक उड्डयन प्राधिकरणको पुनर्स‌रचना गरिने
ð  रेलमार्गका लागि अर्ब ६६ करोड बजेट
ð  अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ अर्ब
ð  नेपालको बिजुली भारतमा बिक्री सुरु गर्ने योजना
ð  रुग्ण तथा बन्द उद्योग सञ्चालन गर्न निजी क्षेत्र भित्र्याइने
ð  २५० पुल निर्माण गर्न, ३ सय भन्दा बढी निर्माणाधीन पुल सम्‍पन्न गर्न र १३०० स्थानीय पुल निर्माण गर्न १० अर्ब विनियोजन
ð  महाकाली नदीमा मोटरेबल पुल निर्माण सम्पन्न गर्न ८८ करोड बजेट
ð  प्रदेश सरकारसंग समन्वय गरेर कुलेखानीमा सुरुङ मार्गको अध्ययन सकेर काम थाल्ने । सबैतिर सुरुङ मार्गका लागि ६ अर्ब ४२ करोड
ð  कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि १ अर्ब २० करोड बजेट विनियोजन
ð  काठमाडौं तराई फ्रास्ट ट्र्याक ३ वर्षभित्र सम्पन्न गर्ने । ८ अर्ब ९३ करोड बजेट विनियोजन
ð  निर्यातमूलक उद्योगलार्इ छुट सुविधा
ð  आगामी आर्थिक वर्षभित्र हुम्ला सदरमुकामसम्म सडक पुर्‍याउने
ð  हुलाकी राजमार्गका लागि ७ अर्ब ५१ करोड र मदन भण्डारी राजमार्गका लागि ३ अर्ब ७ करोड बजेट
ð  मदन भण्डारी राजमार्ग ५ वर्षभित्र र हुलाकी राजमार्ग ३ वर्षभित्र निर्माण गरिसक्ने
ð  पूर्व पश्चिम राजमार्गलाई ३ वर्षभित्र एसियाली स्तरको बनाउने गरी १२ अर्ब २१ करोड बजेट
ð  पुष्पलाल राजमार्गलाई ३ वर्षभित्र सक्न ३ अर्ब २७ करोड विनियोजन
ð  शहरी विकास मन्त्रालयलाई ३७ अर्ब ८० करोड रुपैयाँ विनियोजन
ð  सबै प्रदेशका ३० शहरमा शहरी पूर्वाधार विकास गर्न १ अर्ब ८० करोड विनियोजन
ð  संसद भवन र सुदूरपश्चिम प्रदेशको राजधानीमा पूर्वाधार निर्माण गर्न बजेट
ð  ललितपुरको गोदाबरीमा ३ हजार क्षमताको सभाहल निर्माण गरिसक्ने
ð  सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट
ð  युरेनियम उत्पादनको सम्भाव्यता अध्ययन गरिने
ð  काठमाडौंबाट सुरु भएको विद्युत लाइन भूमिगत गर्ने योजना भक्तपुर ललितपुर चितवन लगायत ठूला शहरमा विस्तार गरिने
ð  वैकल्पिक उर्जा कार्यक्रमका लागि ४ अर्ब
ð  तराई मधेसका जिल्लामा थप ५० हजार बायोग्यास प्लान्ट
ð  ग्रामीण विद्युतीकरणका लागि ४ अर्ब विनियोजन
ð  विद्युत प्रशारण लाइन निर्माणका लागि ३६ अर्ब २ करोड विनियोजन
ð  आगामी वर्ष १ हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थप गर्ने

Comments

Popular posts from this blog

कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार