Posts

Showing posts from July, 2020

सामाजिक न्यायका स्वरुप

Image
Please download the image for clear view

सामाजिक द्वन्द्व व्यवस्थापनका उपायहरु

सामाजिक द्वन्द्वले पार्ने सकारात्मक प्रभावको प्रवद्र्धन र नकारात्मक प्रभाव घटाउन आवश्यक पर्ने नीति प्रवद्र्धन गर्ने विषयसँग सम्बन्धित उपाय नै सामाजिक द्वन्द्व व्यवस्थापन हो । जसका लागि निम्न उपायहरु अवलम्बन गर्नु पर्ने देखिन्छः ·          सबै वर्ग , क्षेत्र , लिग , जाती तथा समुदायको पहिचान एवं समान हैसियतको स्थापना गर्ने , ·          समान पहिचान , समान व्यवहार , समान पहुँच वा हिस्सेदारी , समान सहभागिता आदि मार्फत समानता कायम गर्नुका साथै समतालाई पनि ख्याल गर्ने , ·          समाजमा विवाद वा द्वन्द्व उत्पन्न हुनुका कारणहरु पहिचान गर्ने , ·          द्वन्द्व पिडित एवं अन्य प्रकारका पिडितलाई क्षतिपूर्तिको व्यवस्था गर्ने , ·          सामाजिक परिवर्तनका कार्यक्रमहरु संचालन गरी समाजमा विद्यमान सामाजिक विभेद एवं विसंगतिको अन्त्य गर्ने , ·          मानव अधिकारको प्रवद्र्धन तथा नागरिक सचेतना अभिवृद्धिका कार्यक्रमहरुको आयोजना गर्ने , ·          व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रको बृहत हितमा काम गर्ने , ·          गरिबी एवं वेरोजगारी समस्या समाधान उन्मुख हुने , ·

सामाजिक रुपान्तरणका कारक तत्वहरुः (२०७१ शाखा अधिकृत)

सामाजिक रुपान्तरणः सामाजिक संरचना, व्यवहार, प्राथमिकता, प्रकृति, सामाजिक संस्था र सामाजिक सम्बन्धमा हुने परिवर्तन नै सामाजिक परिवर्तन हो । सामाजिक परिवेश, क्रियाकलाप, मूल्य मान्यता, सरोकार एवं सम्बन्धहरुमा भएको सकारात्मक, गुणात्मक र परिमाणात्मक परिवर्तन नै सामाजिक रुपान्तरण हो । सामाजिक रुपान्तरणका कारक तत्वहरु : समाज आफैँमा एक व्यवस्थित प्रणाली हो । यस प्रणालीमा अन्य विभिन्न पक्षहरुको संग्लनता एवं सक्रियता रहन्छ । यस्ता तत्वहरुमा हुने परिवर्तनले सामाजिक परिवर्तनलाई सम्भव बनाउँदछन् । सामाजिक परिवर्तनका मूख्य कारकहरुको रुपमा देहायका तत्वहरु रहेका हुन्छन्ः – १. जैविक तत्व (Biological Factor) : यसले समाजमा जनसंख्याको बनोट र संरचनामा परिवर्तन ल्याउँदछ । जसले समाजमा महिला र पुरुषको जनसंख्या , आश्रित र सक्रिय जनसंख्या , जनसंख्याको वितरण , जन्मदर , मृत्युदर वसाईसराईलाई प्रभावित गर्दछ र सामाजिक परिवर्तन हुन पुग्दछ । २. प्राविधिक तत्व (Technical factor) प्रविधिको विकास सँगै ३. भौगोलिक तत्व (Geographical factor) : भौगोलिक अवस्थिती र वातावरणमा आउने परिवर्तनले पनि समाज परिवर्तन हुन पुग्दछ । बाढी

खाद्य सम्प्रभूताको परिचय ...

Image
Please Download the image for clear view....

नेपालमा खाद्य सुरक्षा र सम्प्रभुताको सवल र दुर्वल पक्ष

     सबल पक्ष वर्तमान नेपालको संविधानले खाद्य सुरक्षा र सम्प्रभुतालाई धारा ३६ मा मौलिक हकको रुपमा समावेश गरेको , खाद्य सुरक्षालाई राज्यका नीति तथा दायित्वभित्र राखिएको , आवधिक योजना , वजेट तथा अन्य कार्यक्रममा यसलाई प्राथमिकता प्रदान गरिएको , खाद्य सुरक्षा र सम्प्रभुता कायम गर्न दिर्घकालिन कृषि विकास रणनीति (२०७२ – २०९२) तर्जुमा भएको , खाद्य अधिकार तथा सम्प्रभूता सम्बन्धी ऐन , २०७५ जारी गरी यसलाई थप बाध्यकारी बनाइएको , खाद्य सुरक्षा र सम्प्रभुता कायम गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लगायत अन्य संस्थागत व्यवस्था भएको , आदि ।     दुर्वल पक्ष वा समस्या करिब ८.१ प्रतिशत जनताले दैनिक निर्धारित क्यालोरीयुक्त खाद्यान्न सेवन गर्नबाट वञ्चित रहनु , अनियन्त्रित रुपमा किटनाशक औषधी , विषादी र भेटेनरी औषधीको प्रयोग हुनु , खाद्य तथा गुण नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रमलाई व्यापक बनाउन नसक्नु , अनुगमन , मुल्याकंन तथा प्रयोगशाला विश्लेषण कार्य कमजोर हुनु , दुर्गम , हिमाली तथा केही तराई क्षेत्रमा खाद्य उपलब्धता तथा पहुँचको अवस्था कमजोर हुनु , खाद्य वस्तुको अनियन्त्रित रुपमा मूल्यवृद्धि हुनु

बेरोजगारी समस्या समाधान भएर पनि गरिबी निवारण हुन नसक्ने केही कारणहरु

Image
Please Download the image for clear view...

कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय

कर्मचारीतन्त्रमा लालफित्ताशाही (Red Tapism in Bureaucracy) लालफित्ताशाही अर्थात Red tape को शाब्दिक अर्थ रातो फिताले फाईल बाधेर थन्क्याउने र हतपत्त त्यसलाई नखोल्ने भन्ने हुन्छ । यो कर्मचारीतन्त्रमा रहेको विकृति हो । Red tape शब्दको उत्पत्ति १६ औ शताब्दी तिर स्पेनिस प्रशासनबाट भएको पाईन्छ । उक्त समयमा स्पेनिस राजा चाल्स भि ले आफ्नो विशाल राज्य चलाई रहेको प्रशासनलाई आधुनिकीकरण गर्न Red tape शब्दको प्रयोग गरेका थिए ।  (कुलचन्द्र पराजुली) कर्मचारीमा लालफित्ताशाही भन्नाले नतिजाभन्दा प्रक्रियालाई महत्व दिने , कार्यसम्पादन गर्न नियम कानूनले दिएन भनि पन्छाउने , छिटो छरितो रुपमा कार्यसम्पादन गर्न अस्वीकार गर्ने , सेवाग्राहीको उपेक्षा गर्ने तथा विवेकको न्यून प्रयोग गर्ने प्रवृत्तिलाई जनाउँदछ । नागरिकको हकहित प्रतिको उपेक्षा गर्ने प्रक्रियामूखी कार्यशैली भएको सुस्त प्रकृतिको कर्मचारीतन्त्रलाई नै लालफित्ताशाही कर्मचारीतन्त्र भनिन्छ । ऐन , कानून , कार्यविधि तथा कार्यवातावरणलाई देखाएर कर्मचारीतन्त्रमा हुने ढिलासुस्ती वा सिघ्र कार्यसम्पादन नगर्ने प्रवृत्ति नै लालफित्ताशाही हो । आफूले सम्पादन गर्न

नयाँ सार्वजनिक व्यवस्थापनका आलोचनाहरु...

Image
Please download the Image for clear view....