कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय
कर्मचारीतन्त्रमा लालफित्ताशाही (Red Tapism in Bureaucracy) लालफित्ताशाही अर्थात Red tape को शाब्दिक अर्थ रातो फिताले फाईल बाधेर थन्क्याउने र हतपत्त त्यसलाई नखोल्ने भन्ने हुन्छ । यो कर्मचारीतन्त्रमा रहेको विकृति हो । Red tape शब्दको उत्पत्ति १६ औ शताब्दी तिर स्पेनिस प्रशासनबाट भएको पाईन्छ । उक्त समयमा स्पेनिस राजा चाल्स भि ले आफ्नो विशाल राज्य चलाई रहेको प्रशासनलाई आधुनिकीकरण गर्न Red tape शब्दको प्रयोग गरेका थिए । (कुलचन्द्र पराजुली) कर्मचारीमा लालफित्ताशाही भन्नाले नतिजाभन्दा प्रक्रियालाई महत्व दिने , कार्यसम्पादन गर्न नियम कानूनले दिएन भनि पन्छाउने , छिटो छरितो रुपमा कार्यसम्पादन गर्न अस्वीकार गर्ने , सेवाग्राहीको उपेक्षा गर्ने तथा विवेकको न्यून प्रयोग गर्ने प्रवृत्तिलाई जनाउँदछ । नागरिकको हकहित प्रतिको उपेक्षा गर्ने प्रक्रियामूखी कार्यशैली भएको सुस्त प्रकृतिको कर्मचारीतन्त्रलाई नै लालफित्ताशाही कर्मचारीतन्त्र भनिन्छ । ऐन , कानून , कार्यविधि तथा कार्यवातावरणलाई देखाएर कर्मचारीतन्त्रमा हुने ढिलासुस्ती वा सिघ्र कार्यसम्पादन नगर्ने प्रवृत्ति नै लालफित्ताशाही हो । आफूले सम्पादन गर्न
Comments
Post a Comment