नागरिक सन्तुष्ट शासनका रुपमा
रहेको सुशासनले सक्षम, मितव्ययी, प्रभावकारी र जनमुखी शासन व्यवस्थालाई इंगित गर्दछ । शासन
व्यवस्थालाई सुशासनयुक्त बनाउन सदाचार र नैतिकताले खेल्ने भूमिकालाई निम्न बुँदामा
उल्लेख गर्न सकिन्छ :
ü सदाचार र नैतिकवान प्रशासकले विकास व्यवस्थापन लगायतका
क्षेत्रमा आम नागरिकको सहभागिता खोज्ने गर्दछन्,
ü सदाचार र नैतिकतामा आधारित शासन व्यवस्थाले नागरिक
सन्तुष्टि अभिवृद्धि गर्दछ जसबाट शासनको वैद्यानिकता सिद्ध हुन पुग्दछ, (कुलचन्द्र पराजुली)
ü सदाचार र नैतिकताले शासक तथा प्रशासकलाई ऐन, कानून, कार्यविधि र मापदण्डको पालनाप्रति
प्रतिवद्ध तुल्याउँछ जसबाट विधिको शासन स्थापित हुन पुग्दछ,
ü सदाचार र नैतिकतायुक्त शासन व्यवस्थाका हरेक गतिविधि
खुल्ला र पारदर्शी हुन्छन् जसले पारदर्शीताको पक्षपोषण गर्दछ,
ü सदाचारी र नैतिक व्यक्ति आफ्नो पदीय दायित्व र जिम्मेवारी
प्रति सदैव सजग र सचेत रहन्छ जसबाट कर्मचारी संयन्त्रमा जवाफदेहिताको भावना जागृत
हुन पुग्दछ,
ü सदाचार र नैतिकताले शासक, प्रशासक र आम नागरिकलाई राज्यप्रति
अपनत्व बोध गराउँदछ, (कुलचन्द्र पराजुली)
ü सदाचार र नैतिकवान कर्मचारीले समाजको संवेदनशीलता बुझि
समता र सामाजिक न्यायमा आधारित तवरले सेवा प्रवाह गर्ने ल्याकत राख्दछन् जसबाट
समावेशीताको प्रवद्र्धन हुन पुग्दछ,
ü सदाचार र नैतिकताको कारण सार्वजनिक खर्चमा मितव्ययी, नियमित, प्रभावकारी र औचित्यपूर्ण हुन्छ
जसले सार्वजनिक कोषको सहित सदुयोग हुन पुग्दछ,
ü सदाचार र नैतिकताले अधिकार र स्रोतसाधनको प्रयोगलाई
औचित्यपूर्ण बनाउँदछ, आदि ।
यसरी सदाचार र नैतिकताले सुशासनको
आधारभूत तत्वका रुपमा रहेका सहभागिता, वैद्यानिकता, विधिको शासन, पारदर्शीता, जवाफदेहिता, समावेशीता, मितव्ययीता र औचित्यता प्रवद्र्धनमा अहम भूमिका खेलेको
हुन्छ, त्यसैले
सदाचार र नैतिकतालाई सुशासनयुक्त शासन व्यवस्थाको आधारस्तम्भको रुपमा लिईन्छ ।
Comments
Post a Comment