सार्वजनिक प्रशासनमा उत्तरदायित्व सम्बन्धमा देखिएका समस्याहरु

सार्वजनिक प्रशासनमा उत्तरदायित्व सम्बन्धमा देखिएका समस्याहरु

सरकार र कर्मचारीहरुको गुणस्तर मापन गरी सार्वजनिक सेवालाई जनमुखी, मितव्ययी, प्रभावकारी र गुणस्तरीय बनाउने संयन्त्रको रुपमा रहेको उत्तरदायित्वको क्षेत्रमा रहेका समस्यालाई निम्न बुँदा उल्लेख गर्न सकिन्छ ः

       राजनीति तटस्थता र प्रशासनिक प्रतिवद्धता तथा ईमान्दारिताको अभाव हुनु,

       कार्यसम्पादन मूल्याकंन प्रणालीलाई वस्तुनिष्ठ र प्रभावकारी बनाउन नसक्नु,

       नागरिक शिक्षा, नागरिक सशक्तिकरण र नागरिकको चेतनाको स्तर कमजोर हुनु,

       दण्डसजाय र प्रोत्साहन प्रणाली प्रभावकारी नहुनु,

       प्रशासन संयन्त्र जनमुखी, पारदर्शी, निष्पक्ष र तटस्थ हुन नसक्नु,

       सूचनाको हकको व्यवहारिक कार्यान्वयन गर्न नसक्नु,

       समाजमा Ethics and Morality को पक्ष कमजोर हुदै जानु,

       उत्तरदायित्व निर्वाह गर्नु अरुको दायित्व हो भन्ने किसिमको मानसिकताको विकास हुनु,

       नागरिक समाजको यथेष्ठ परिचालन हुन नसक्नु,

       राजनीति र प्रशासनबीचमा कार्य क्षेत्रको विषयमा समयसमयमा विवाद उत्पन्न हुनु,

       राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुनु तथा राजनीतिक दलमा उत्तरदायी संस्कृतिको अभाव हुनु,

       अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण प्रणाली कमजोर हुनु तथा विगतबाट सिक्ने बानिको विकास गर्न नसक्नु,

       सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई, Public Report Card, Hello Sarkar जस्ता व्यवस्थापकीय औजारको प्रयोगको अवस्था कमजोर हुनु,

       प्रत्याहृवान, जनमत संग्रह, लोकमत संकलन जस्ता Tools को प्रयोग गरी राजनीतिक दललाई नागरिक प्रति उत्तरदायी बनाउन नसक्नु,  

       कानूनको शासन, सीमित र जवाफदेही सरकार जस्ता अवधारणाको विकास र अवलम्वन गर्न नसक्नु,

       स्वच्छ, निष्पक्ष र प्रभावकारी खोज पत्रकारिताको अभाव हुनु,

       जनसहभागितामुलक र पारदर्शी कार्यशैलीको अभाव हुनु,

       वित्तिय योजना र लेखा प्रणालीलाई आधुनिक र वैज्ञानिक बनाउन नसक्नु,

       काम, कर्तव्य र अधिकारको स्पष्ट किटान हुन नसक्नु,

       कानून, आचारसंहिता र कार्यविधिहरुको समयानूकुल सुधार गर्न नसक्नु,

       Proactive भएर सम्पत्ति विवरण तथा कार्य प्रगति विवरण मष्कअयिकभ गर्ने बानिको अभाव हुनु,

       सार्वजनिक निकायहरु बीचमा कुशल समन्वयको अभाव हुनु, आदि ।

उत्तरदायित्वको क्षेत्रमा रहेका माथि उल्लेखित समस्याहरुको यथोचितरुपमा समाधान गर्न सरकार, राजनीतिक दल, सार्वजनिक प्रशासन, नागरिक समाज लगायत सबै सरोकारवाला पक्षक बीच आपसी समन्वय र सहकार्यको अपरिहार्यता रहेको छ । विद्यमान ऐन, कानूनको अक्षरस पालना, व्यत्तिगत सोच, संस्कार तथा सामाजिक संरचनामा रहेको कमिकमजोरी हटाउदै समष्टिगत क्षेत्रलाई नागरिक, समाज र मुलक प्रति जिम्मेवार र उत्तरदायि बनाउन सकेमा समृद्ध, सम्मुनत र न्यायपूर्ण नेपालको परिकल्पनाले सार्थकता पाउने देखिन्छ ।


Comments

Popular posts from this blog

कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार