सामाजिक रुपान्तरणका कारक तत्वहरुः (२०७१ शाखा अधिकृत)

सामाजिक रुपान्तरणः

सामाजिक संरचना, व्यवहार, प्राथमिकता, प्रकृति, सामाजिक संस्था र सामाजिक सम्बन्धमा हुने परिवर्तन नै सामाजिक परिवर्तन हो ।
सामाजिक परिवेश, क्रियाकलाप, मूल्य मान्यता, सरोकार एवं सम्बन्धहरुमा भएको सकारात्मक, गुणात्मक र परिमाणात्मक परिवर्तन नै सामाजिक रुपान्तरण हो ।

सामाजिक रुपान्तरणका कारक तत्वहरु :

समाज आफैँमा एक व्यवस्थित प्रणाली हो । यस प्रणालीमा अन्य विभिन्न पक्षहरुको संग्लनता एवं सक्रियता रहन्छ । यस्ता तत्वहरुमा हुने परिवर्तनले सामाजिक परिवर्तनलाई सम्भव बनाउँदछन् । सामाजिक परिवर्तनका मूख्य कारकहरुको रुपमा देहायका तत्वहरु रहेका हुन्छन्ः१.जैविक तत्व (Biological Factor) :यसले समाजमा जनसंख्याको बनोट र संरचनामा परिवर्तन ल्याउँदछ । जसले समाजमा महिला र पुरुषको जनसंख्या, आश्रित र सक्रिय जनसंख्या, जनसंख्याको वितरण, जन्मदर, मृत्युदर वसाईसराईलाई प्रभावित गर्दछ र सामाजिक परिवर्तन हुन पुग्दछ ।२.प्राविधिक तत्व (Technical factor)प्रविधिको विकास सँगै
३.भौगोलिक तत्व (Geographical factor) :भौगोलिक अवस्थिती र वातावरणमा आउने परिवर्तनले पनि समाज परिवर्तन हुन पुग्दछ । बाढी, पहिरो, सुख्खापन, आगलागि जस्ता प्रभावले समाजमा परम्परागत प्रक्रियलाई नयाँपन दिन बल प्रदान गर्दछ ।४.सांस्कृतिक तत्व (Cultural factor) :संस्कृतिको प्रसार, अन्य संस्कृतिको प्रभाव र सोको अनुकरणले समाजमा नयाँ सांस्कृतिक मूल्य र मान्यताको विकास हुन्छ, जसले समाज परिवर्तनको माग गर्दछ ।५.आर्थिक तत्व (Economical Factor) :अर्थ व्यवस्था, आर्थिक संरचना र जनताको आर्थिक अवस्थामा हुने उत्तार चढावले सामाजिक मूल्य, मान्यता र परम्परामा प्रभावित हुने गर्दछन् ।६.राजनीतिक तत्व (Political factor) :राजनैतिक पद्धतिमा भएको परिवर्तन, राजनैतिक सोच र संस्कारमा आएको परिवर्तनले समाजलाई गतिशिलता प्रदान गर्दछ ।७.मनोवैज्ञानिक तत्व (Psychological factor) Mमानिस आफैमा चेतनशिल र परिवर्तनशील जीव हो । उसले नयाँपन खाज्छ, उसको मनोपवृति सोचाइ र चिन्तनले समाजमा नयाँपन दिन अग्रगामि भूमिका खोज्दछ ।८.आदर्शात्मक तत्व (Ideological factor) Mसमाजको संरचना, सम्बन्ध र भूमिकाका विषयमा विभिन्न विद्धानहरुले खोज, अनुसन्धान र विश्लेषण गरी नयाँ सोच, चिन्तन र सिद्धान्तलाई अगाडि ल्याउने गर्दछन् । जसलाई समाजले अनुसरण गरी परिवर्तनलाई अगाडि बढाउँदछ ।

समाज जटिल एवं बहुआयामिक पक्ष संलग्न रहेको संरचना हो । मानिसका सोँच र चिन्तन जहिले पनि नयाँपन र अग्रगमनका लागि निर्देशित हुन्छ । समाजका विभिन्न पक्षहरुमा हुने परिवर्तनलाई निर्देशित गर्ने गर्दछ ।


Comments

  1. सर को यसरी वर्गिकरण गरेर लेख्ने शैलीबाट धेरै idea हरु सिक्ने मौका मिलेको छ। धेरै धेरै धन्यवाद छ हजुरलाइ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार